असार मसान्तभित्र नै आयकर तिर्न सरकारको ताकेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 08:07:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०८० असार महिनाभित्र नै आयकरको तेस्रो किस्ता तिर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आय वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्न ताकेता गरेको हो ।

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम कारोवारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने कर तिर्न विभागले आग्रह गरेको हो ।

विभागको सूचनामा भनिएको छ 'आय वर्ष २०७९/८० को आयकरको तेश्रो किस्ता वापतको कर दाखिला गर्ने सम्वन्धी जरूरी सूचनाआयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम कारोवारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नु पर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्याद भित्रै दाखिला गर्नु हुन अनुरोध छ ।'


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved