गुगल र फेसबुकले नेपालमा कर तिरे, पहिलो वर्ष कति भयो संकलन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 03:59:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गुगल, फेसबुक जस्ता बहुराष्ट्रिय प्राविधिक तथा सामाजिक सञ्जाल कम्पनीले पहिलो पटक नेपालमा कर तिरेका छन् । चालु आर्थिक वर्षमा नेपालको कर प्रणालीमा दर्ता भएपछि गुगल र फेसबुकसहित ९ कम्पनीले कर बुझाएका हुन् । 

नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले नेपालमा कारोबार गरेबापत कर तिर्नुपर्ने प्रावधान अनुसार गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब र टिकटकसहित ९ कम्पनीले ल्य अभिवृद्धि कर (भ्याट) बुझाएका हुन् । यी कम्पनीबाट भ्याटबापत ९ करोड रुपैयाँ संकलन भएको छ । 

सँगै कारोबारको २ प्रतिशत विद्युतीय सेवा कर (डीएसटी) पनि दाखिला गरेका छन् । 

यस्ता कम्पनीले सहजै कर तिर्न सकुन् भनेर आन्तरिक राजस्व विभागले राष्ट्र बैंकमा डलर खाता खोलेको थियो । सोही खातामा उनीहरूले आफ्नो कार्यालय भएको देशबाट कर दाखिला गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved