सवा २ खर्ब विकास बजेट खर्च गरेर देश बन्दैनः वीरेन्द्रराज पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2023 | 03:36:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विकास बजेट खर्च गर्न सक्ने सरकारको क्षमतामा दिन प्रतिदिन ह्रास आइरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपाध्यक्ष पाण्डेले कुल बजेटको २२ प्रतिशत मात्रै विकास बजेट छुट्याइने र त्यो पनि खर्च नहुने अवस्था रहेको बताए ।

‘पछिल्लो १०÷१२ वर्षको तथ्यांक हेर्ने हो भने कुल बजेटको २२ प्रतिशत मात्रै विकास बजेट विनियोजन भएको पाइन्छ, यसमध्ये जम्मा ६६ प्रतिशत मात्रै खर्च हुन्छ’ उनले भने, ‘त्यो भनेको सवा २ खर्ब जति हुँदो रहेछ, १७ खर्बको बजेटमा सवा २ खर्ब विकास बजेट खर्च हुने परिपाटीले देश बन्दैन ।’

उनले सीएनआईले गरेको एक अध्ययनले द्रूत विकासका लागि पूर्वाधारमा वार्षिक १७ खर्ब खर्च गर्नुपर्ने देखिएको भएपनि अहिले जम्मा ३ खर्ब जति विनियोजन हुने गरेको बताए ।

उपाध्यक्ष पाण्डेले श्रमिक तथा आर्थिक अवस्था कमजोर भएको वर्गमा नगद प्रवाह हुने माध्यम नै निर्माण क्षेत्र भएकाले निर्माण क्षेत्र चलायमान नभई अन्य क्षेत्र चल्न नसक्ने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved