
सामाजिक सुरक्षा कोषमा आबद्धताको विषयलाई लिएर एनआईसी एशिया बैंकका कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन् । कर्मचारीहरुले कालो व्यानरमा आफ्ना मागहरु बनाएर विरोधको कार्यक्रम सुरु गरेका हुन् ।
कोषले कर्मचारीहरुको मागलाई सम्बोधन नगरेको कारण यस्तो आन्दोलनको कार्यक्रम सुरु गरिएको बैंकको कर्मचारी युनियनका अध्यक्ष सुमन थापाले बताए ।
उनले भने ‘हामीले विभिन्न समयमा छलफलका क्रम्मा राखेका मागहरुलाई संसोधन नगरिएको र कोषमा आवद्धताको लागि बाध्यकारी बनाउन खोजेको कारणले यस्तो विरोद्धको कार्यक्रम गरेका हौँ । ’
याे पनि ः सामाजिक सुरक्षा कोषसँग बैंक बित्त र बीमाका २९ संस्थाद्वारा १५ बुंदे माग, पुरा नभए कडा आन्दोलन
ः सामाजिक सुरक्षा कोष विरुद्द बैंक वित्तीय संस्थाका कर्मचारीद्वारा देशब्यापी आन्दोलन सुरु
जबसम्म मागहरु पुरा हुँदैन तब सम्म यस्ता कार्यक्रम गरेर दबाब दिइ रहने उनले बताए ।
‘सामाजिक सुरक्षा कोष आफैँमा नराम्रो भनेको होइन तर कोषले हाम्रो वर्गलाई, हाम्रो चाहाना अनुरुप समेट्न सकेन त्यस कारण हामी कोषको विरोद्धमा छौँ ।’ उनले भने ‘भोलीका दिनहरुमा कोषले हाम्रो मागहरुलाई सम्बोधन गर्नु हुन्छ भने विश्वास छ ।’
यदि आफ्ना मागहरु कोषले पुरा गरे खुशी खुशी कोषले जँहा बोलाउँछ त्यही जान तयार रहेको उनले बताए । त्यस्तै मेगा बैंक, बैंक अफ काठमान्डू, नेपाल बंगलादेश बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंकका कर्मचारीहरुले समेत विरोधको कार्यक्रम सुरु गरी सकेका छन् ।