श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 06:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा कानुनी विभागकी उच्च अधिकारी हाला अल अलीले कानुनी प्रावधानबारे प्रस्तुतिकरण गरेकी थिइन् 

आयोगका महासचीव महामहिम सुल्तान अल जमालीको प्रमुख आथित्यमा सम्पन्न अन्तरक्रियामा राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँ र  निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु उपस्थित थिए 

 कतारको नयाँ कानुन नम्बर १७/२०२१ र २०२३ बारे कार्यक्रममा जानकरी दिईएको आयोगले जनाएको छ । आयोगका अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ ।कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी,उपकरण,सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ।

गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ । यसैगरी कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ।

त्यस्तै श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved