जर्मनीले नेपाली कामदार मागेको भन्ने भाइरल सूचना साँचो हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 11:11:10 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यता जर्मनीमा नेपाली कामदार माग भएको भन्ने सूचना फेसबुक तिर भाइरल छ । जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरिएको भन्ने खालका सूचना भाइरल बनेका छन् ।

तर, वैदेशिक रोजगार विभागका अनुसार यी सूचनाहरु भ्रमपूर्ण र झुठा सूचना हुन् । विभागले ति सूचना तथा विज्ञापनको विश्वास नगर्न आम सर्वसाधारणमा अनुरोध पनि गरेको छ । 

‘नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिई विभिन्न सेवा सुविधासहित आकर्षक तलब सम्बन्धी विषयहरु समावेश गरी वैदेशिक रोजगार विभागले जारी गर्ने सूचना जस्तै गरी जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान सम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरेको भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ’ विभागले भनेको छ, ‘सम्पूर्ण दाजुभाई दिदीबहीनीहरुलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण सूचना र विज्ञापनमा विश्वास नगर्न विभाग हार्दिक अनुरोध गर्दछ ।’

विभागका अनुसार अहिलेसम्म सरकारले हालसम्म १११ वटा मुलुकहरुलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाल सरकारले हालसम्म १११ वटा मुलुकहरुलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको र व्यक्तिगत रुपमा नेपाली नागरिकहरु १७८ वटा गन्तव्य मुलुकहरुमा वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved