राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो निजी क्षेत्रको ठुलो विद्युत परियोजना दुधकोशी जलविद्युत आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 08:54:43 PM मा प्रकाशित

laxmi  sunrise bank

८६ मेघावाटको सोलुखोला (दुधकोशी) जलविद्युत परियोजना  आज माघ २७ गते  सम्पुर्ण परीक्षण सम्पन्न गरि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। योसँगै नीजि क्षेत्रको लगानीबाट बनेको सबैभन्दा ठुलो जलविद्युत परियोजना सञ्चालनमा आएको साहस उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए।

यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिका (साविकका तिङला, कङगेल, र पान्चन गाविस) मा संरचनाहरु निर्माण गरिएका छन्। आयोजनाको हेडवर्क्स सतही प्रकृतिको छ। सोलु दूधकुण्ड नगरपालिकाको गैह्री गाउँमा निर्माण गरिएको छ। विद्युत गृह, स्वीचयार्ड र टेलरेस क्यानल दुधकोसी गाउँपालिकाको मइकुबेसीमा पर्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved