चिरख्वा हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित बिजुली तुम्लिङटार सवस्टेशनमा जोडिएको छ। कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा निर्माण सम्पन्न गरेको ४.७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको उत्पादित विद्युत यहि वैशाख १३ गतेदेखि संखुवासभा जिल्ला तुम्लिङटार सवस्टेशनमा जोडिएको हो ।
कम्पनीका कम्पनी सचिव धान्यप्रसाद तिम्सिनाका अनुसार आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कमिसनिङ टीमले परिक्षण सम्पन्न गरी ३३ के.भी प्रसारण लाइन मार्फत परिक्षण प्रसारणका लागि वैशाख १३ गतेदेखि संखुवासभा जिल्ला तुम्लिङटार सवस्टेशनमा जोडिएको हो।