आज पनि बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 12:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४  हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कायम भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार १ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ७ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved