सूनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2023 | 10:46:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार १ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved