सुनचाँदीको मुल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 11:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved