सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 10:55:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मूल्य मै कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ। 

आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved