हालसम्म कै महँगो हुँदै सुनको मूल्यले बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 10:45:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ १ लाख ६ हजार ९ सय पुगेको छ। जुन हालसम्मकै उच्च हो।

यस अघि  माघ १० गते मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च मुल्यको रेकर्ड तोड्दै सुनको मुल्यले आज नयाँ रेकर्ड राखेको हो। आज छापावाल सुन तोलामा ७ सय बढेर प्रति तोला  १ लाख ६ हजार ९ सय पुग्दै नयाँ रेकर्ड कायम गरेको हो ।

आज तेजावी सुनको मूल्य पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ६ हजार ४ सय कायम भएको छ। त्यस्तै चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार ६ सय ५०, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार २ सय २० र १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved