सुनको मूल्य बढ्यो, चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 10:42:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा नै स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved