बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 11:12:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदी भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved