सुनचाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 10:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्यमा पनि कुनै हेरफेर भएको छैन् । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ५२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैशा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved