सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 10:30:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ६ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १५ रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved