सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 10:42:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। हिजो बिहिबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ७१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार २४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ तोकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved