सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 10:48:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ७९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ३२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४ रुपैयाँ ५० पैशा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved