५ महिनामा १२ सय केजी सुन भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 09:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनामा १ हजार २ सय १ केजी ८६४ ग्राम सुन आयात भएको छ । जसमध्ये २०१ केजी ३६४ ग्राम सुन मसिंरमा भित्रिएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार यो ५ महिनामा ३ देशबाट उक्त परिमाणमा सुन भित्रिएको हो । उक्त सुन आयातबाट १ अर्ब ४९ करोड ५६ लाख ८८ हजार रुपैयाँ राजस्व उठेको छ । 

यो अवधिमा यूनाइटेड अरब ईमिरेट्सबाट ११ सय केजी ५०० ग्राम, टर्कीबाट १०० केजी र भारतबाट १ केजी ३६४ ग्राम सुन भित्रिएको हो । उक्त सुन आयात गर्दा ९ अर्ब ९७ करोड ११ लाख ६३ हजार रुपैयाँ बाहिरिएको छ । 


:बिजपाटीमा प्रकाशित भिडियोहरु हेर्नका लागि यहाँ थिच्नुहोस् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved