बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 10:41:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । आज चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ११० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ७९५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved