आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 10:52:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ६८० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १३ रुपैयाँ ५० पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved