आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 11:07:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा किनबेच भएको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४२५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved