उद्योगका लागि चाँदी आयात खुलाउन गभर्नर सकारात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 07:12:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुलाउन राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गर्भनर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका अधिकारीहरुलाई भेट्न गएको टोलीले राष्ट्र बैंकका गभर्नर अधिकारीसँग चाँदीको आयात खुलाउन माग गरेको हो ।

अहिले एक पटकमा ६० हजार डलर सम्मको मात्रै चाँदी ल्याउन पाउने व्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको भन्दै ब्यवसायीहरुले आयातको सिमा बढाउन माग गरेका हुन् । ब्यवसायीको आग्रह सुनेपछि गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

भेटघाटमा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगाना, बमबहादुर मिश्र र महासंघका उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह पनि उपस्थित थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved