आज सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 10:45:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ  । आइतबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved