आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 11:08:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेको हो । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ३ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved