शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 10:41:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार २५ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ५५५  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved