८८४८ भोड्का र ओल्ड दरबारलाई अन्तराष्ट्रिय अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 01:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यती डिस्टिलरी प्रा.लि.का उत्पादनहरूले मदिराको प्रतिस्पर्धामा २ वटा अन्तराष्ट्रिय मेडल प्राप्त गरेका छन् ।

यतीका उत्पादनहरु ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धामा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन्। 

संसारभरका ५ हजार मदिरा ब्रान्डबीच भएको प्रतिस्पर्धामा ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्वीस्कीले डबल गोल्ड मेडल जितेको यतीले जनाएको हो । 

विजेता छनोटका लागि ७० निर्णायकहरूले गत अप्रिलमा २ हप्ता लगाएर ५ हजार कम्पनीका मदिराहरूको मूल्यांकन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved