उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 06:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक २०८०÷०८१ मा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–१.६० प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको हो ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो । 

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो। 

गत आर्थिक वर्ष २०७९÷८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.९८ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । 

आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा उद्योग क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved