सी.जी. ब्रुअरीको घटनाप्रति उद्योग परिसंघको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 01:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले सी.जी. ब्रुअरी नेपालको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला भएको यस्तो घटनाले कसैलाई फाईदा नगर्ने परिसंघले उल्लेख गरेको छ । 

परिसंघले आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि बढाई समाधान खोज्न आग्रह गरेको छ । 'अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न/नगराउन परिसंघ आग्रह गर्दछ । साथै, सी.जी. ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न समेत परिसंघ माग गर्दछ ।’ परिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड यूनियनहरुलाई समेत परिसंघले आह्वान गरेको छ । हालको विषम परिस्थितीले निरुत्साहत बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही परिसंघले ठहर गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved