चामल अभाव भएर मूल्य बढ्ने भन्दै उद्योगीहरुले प्रधानमन्त्रीलाई भेटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 05:41:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चामल तेल दाल उद्योग संघले गत साउनमा निर्णय भए बमोजिम भारतबाट भन्सार छुटको धान नआउँदा चामल अभाव हुन सक्ने जनाएको छ । संघका अध्यक्ष कुमुद कुमार दुगडको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सचिव नारायणप्रसाद शर्मा दुवाडी र सहसचिव रामचन्द्र तिवारीलाई भेटेर यस्तो जानकारी गराएको हो ।

संघले साउन १९ गते भन्सार छुट सुबिधामा १० लाख मेट्रिक टन धान आयात गर्ने र यसका लागि परराष्ट्र मन्त्रालय मार्फत भारतीय राजदूतावासमा पत्र पठाएर अनुरोध गरिएको भएपनि हालसम्म उक्त धान नआउँदा भोलिका दिनमा नेपालमा चामलको अभाव हुन गई मूल्य समेत बढ्ने जोखिम रहेको जनाएको छ । 

संघले उच्चस्तरीय कुटनैतिक पहलबाट यो वर्षको लागि १० लाख मेट्रिक टन धान भन्सार छुट सुबिधामा आयात गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष नै अनुरोध गरेको छ ।

प्रधानमन्त्री र मन्त्री समक्ष गएको डेलिगेशन पश्चात संघका महासचिव दिपक कुमार पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै ४ बुँदे विषयवस्तु समेत प्रष्ट्याएका छन् ।

बुँदाहरुः

१. नेपालमा उत्पादन हुने धानले मात्र यहांको मागलाई धान्न नसक्ने हुंदा भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता हो । भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गत बर्षको तुलनामा यस बर्ष धानको मुल्य सिजनमानै प्रति के.जि. रु. १० ले बढि सकेको छ भने धानको मुल्य अझ बढने देखिन्छ । भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति के.जी. रु. ५० पर्छ भने भन्सार छुट सुबिधामा धान आयात गर्दा प्रति के.जी.रु. ४२ पर्छ । यसो हुंदा धानको मुल्य प्रति के.जी रु.८ फरक पर्न जान्छ भने चामलको मुल्यमा रु. १६ को फरक पर्न जान्छ । मुल्यमा यति धेरै फरकले गर्दा भन्सार छली नेपाल भित्रिएको धान र चामलसंग नेपाली उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने हुंदा चामल मिलमा लागेको अरबौको स्वदेशी लगानी जोखिममा पर्न जान्छ । 

२. भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपाल भन्सारमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । अब धान आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलिएत दरमा धान ल्याउन सकिएन भने चामलको मुल्य आकासिने सम्भावना छ । अरबौंको लगानीमा स्थापना भएका दैनिक जिवनमा अत्यावश्यक खाद्य बस्तु चामलको नेपाली उत्पादन बन्द हुने अवस्था त छदैछ आमउपभोक्ता समेत ठुलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गरी दिन यस संघ अनुरोध गर्दछ ।   

३. चामल उद्योगले धान प्रसोधन गरी चामल उत्पादन संगै सह उत्पादनहरु भुस, उद्योगको इन्धनको रुपमा प्रयोगहुने  (बोईलर प्लान्ट), कनिका, पशुपन्छिका दाना, दाना उद्योग, डिस्ट्रिीलरी र स्न्याक्सहरुको कच्चा पदार्थ यी सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने हुंदा सबैलाई प्रत्यक्ष मर्का पर्छ र चामल उद्योग संगै यी उद्योगहरुबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजश्वमा समेत प्रत्यक्ष असर पर्छ ।  

४. अहिले नेपालमा भएको धान र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र चामल उपलब्ध गराउन सक्ने हुंदा बेलैमा धान उपलब्ध गराई समस्या समाधानमा पहल गरी दिन नेपाल सरकार लगाएत सबै क्षेत्रलाई संघको अनुरोध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved