भएन सरकारको निर्देशनको सुनुवाई, लिखित नभई काटिएका लाइन नजोड्ने प्राधिकरणको अडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 06:30:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषदले नै लाइन काटिएका उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरेर सो निर्णय सञ्चार मन्त्रालयको वेबसाइटमा सार्वजनिक भइसक्दा पनि विद्युत प्राधिकरणले उद्योगमा काटिएको लाइन भने जोडेको छैन । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरे पनि प्राधिरकणले भने मन्त्रिपरिषदको निर्णयको औपचारिक जानकारी पत्रमार्फत नआएको भन्दै लाइन जोडेको छैन ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले मन्त्रिपरिषदको निर्णयको पत्र प्राधिकरणमा नआएको बताएका छन् । यस सम्बन्धमा मन्त्रिपरिषदबाट हिजै भएको निर्णय कार्यान्वयन किन भएन भन्दै उद्योगहरुले प्राधिकरणका क्षेत्रीय कार्यालयहरुमा जिज्ञासा राख्दा पनि ‘हेड अफिस’बाट निर्देशन नआएको जवाफ पाएका छन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार लाइन जोड्ने निर्णय भए पनि अझैसम्म लाइन नजोडिएको भन्दै उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्राधिकरणका क्षेत्रीय तथा विद्युत वितरण कार्यालयमा जानकारी माग गर्दा प्राधिकरणका कर्मचारीले मन्त्रिपरिषदको निर्णय आइ नपुगेकाले लाइन नजोडिएको जवाफ दिएका छन् ।

यता प्राधिकरणको केन्द्रीय कार्यालयले पनि मन्त्रिपरिषदको निर्णय आफ्नो तालुकदार मन्त्रालय उर्जा मन्त्रालयमार्फत आएपछि मात्रै कार्यान्वयन हुने भएकाले त्यस अनुसार कुनै पनि पत्र प्राधिकरणमा आइनसकेकाले लाइन जोड्ने काम अघि नबढेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved