मार्जिन ट्रेडिङ कार्यविधि लागू, यस्ता छन पाइने सेवा र लिने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 05:55:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले मार्जिन कारोबार सम्बन्धि कार्यबिधि लागु गरेको छ । नेप्सेले कार्यविधि लागु गर्दै सोहि बमोजिम प्रक्रिया अगाडी बढाउन सम्पूर्ण ब्रोकरहरुलाई आग्रह गरेको छ । यस संगै लामो समयदेखि चर्चामा आई कार्यन्वयन हुन् नसकेको मार्जिन कारोबार गर्ने बाटो खुला भएको छ  ।

कसरी हुन्छ मार्जिन कारोबार ?

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ । खुद सम्पत्ति कम्तिमा पाँच

करोड भएका ब्रोकरले मात्र यो सेवा प्रदान गर्न सक्ने छन् ।  नेप्सेले खुद सम्पत्ति सम्बन्धी प्रावधान बोर्डलाई पूर्व जानकारी दिई समय समयमा हेरफेर गर्न सक्नेछ । ब्रोकरले बुझाएको निवेदन नेप्सेले जाँचबुझ गरी मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमतिपत्र प्रदान गर्नछ । ब्रोकरले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र  दस हजार तिरेर अनुमति नवीकरण गराउनु पर्ने छ  । 

मार्जिन कारोबार सेवा उपलब्ध गराउन अनुमतिपत्र प्राप्त सदस्य दलाल व्यवसायीले आफ्ना लगानीकर्तालाई नेप्सेले देहाय अनुसार

तोकेको धितोपत्रमा मात्रै मार्जिन कारोबार सुविधा दिनु पर्नेछ ।

(क) कम्तिमा १० हजार सेयरधनी भएको ।

(ख) कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको ।

(ग) पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दस प्रतिशत लाभांश वितरण गरेको ।

(घ) दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा असी प्रतिशत कारोबार दिनमा सेयर

कारोबार भएको ।

(ङ) आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको । 


नेप्सेले  प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्नेछ । त्यस्तो सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र अद्यावधिक गर्नेछ । सूची अध्यावधिक गर्दा कुनै कम्पनी मौजुदा सूचीवाट हट्न गएमा त्यस्तो कम्पनीका लागि प्रदान गरेको मार्जिन सुविधा तीस कार्य दिन भित्र राफसाफ गर्नु पर्नेछ  । 

लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्नका लागि सदस्य दलाल व्यवसायी समक्ष मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्नेछ ।

ब्रोकरले सम्झौता गरी निजका नाममा मार्जिन कारोबारका लागि अलग्गै खाता खोली मार्जिन कारोबार सुविधा उपलब्ध गराउने छ । 


सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै सुरु मार्जिन (Initial Margin) को रुपमा लिनु पर्नेछ ।

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले पचास (५० ) प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।

 सदस्य दलाल व्यवसायीले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन (Actual Margin)  दैनिक रुपमा गणना गर्नुपर्नेछ ।

मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन चालिस (४०) प्रतिशत हुनेछ ।  सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम चालिस (४०) प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्नेछ ।

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।  मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोवार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नु पर्नेछ ।

वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्नेछ । मार्जिन कल गरेको तेस्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि नपु¥याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनलेसो मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्नेछ ।

 मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन तीस (३०) प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरु बिक्री गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन्।

  मार्जिन कर्जाको भाखा समाप्त भई नवीकरण नभएको वा नगद भुक्तानी गरी मर्जिन कर्जा चुक्ता नगरेको अवस्थामा बाहेक सदस्य दलाल व्यवसायीले अन्य कुनै कारणले मार्जिन खातामा रहेका शेयर बिक्री गर्न सक्ने छैन ।

मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाहरुले बोनस शेयर जारी गर्ने भएमा दाखिल खारेज बन्द पश्चात्मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त धितोपत्रहरुले प्राप्त गर्ने बोनस शेयरलाई बजार मूल्यको पचास (५०) प्रतिशत मूल्याङ्कन गरिनेछ । त्यसरी प्राप्त हुने बोनस शेयर स्वतः धितोबन्धकमा जानेछ ।

 मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाको विषेश वा साधारण सभाले हकप्रद शेयर जारी गर्ने भएमा सदस्य दलाल व्यवसायीले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रहरुको लािग मात्र छुट्टै सम्भार मार्जिन तोक्न सक्नेछ ।

  सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ (सात) कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । ७ (सात) कार्य दिनमा ब्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्य दिन पश्चात् वा खता बन्द  हुनु भन्दा ५ (पाँच) दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ ।

मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक बीस (२०) प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई सात (७) दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसंग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्न सक्नेछ ।

त्यसरी सूचित गरेको सात (७) कार्य दिनभित्र उक्त धितोपत्र बापतको मार्जिन ऋण चुक्ता नगरेमा मार्जिन खाता अन्र्तगतका अन्य शेयर बिक्रि गरी उक्त धितोपत्र वापतको मार्जिन कर्जा असुल उपर गर्न सदस्य दलाल व्यवसायीले सेयर बिक्री गर्न सक्नेछ । मार्जिन कर्जा अन्तगत रहेका अन्य धितोपत्रहरु नरहे वा रहेका धितोपत्रहरुले हिसाव राफसाफ हुन नसकेमा उपदफा ११ बमोजिको शेयरहरु नेप्सेले उपलब्ध गराएको प्रणाली मार्फत बिक्री

गरी मार्जिन कर्जाको हिसाब राफसाफ गर्न सक्नेछ । 

 मार्जिन कल पश्चात नगद वा थप धितोपत्र जम्मा गरिएको मार्जिन खातामा रहेका धितोपत्रको बजार मूल्य वृद्धि भई वास्तविक मार्जिन सुरु मार्जिन भन्दा बढी हुन गएमा सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन सुरु मार्जिन भन्दा कम नहुने गरी थपिएको नगद वा धितोपत्र फिर्ता लिन वा बिक्री गर्न सक्नेछ ।

सदस्य दलाल व्यवसायीले सेयर बिक्री पश्चात सम्बन्धित लगानीकर्तासँग हिसाव फछ्र्याैट गरी सोको जानकारी नेप्सेलाई गराउनु पर्नेछ ।

हेर्नुस पुरा कार्यविधि :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved