नयाँ सारथी र विजय लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 09:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

 नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले असार १५ गते यी दुई संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

मर्जरको अन्तिम स्वीकृति पाएसंगै अब यी दुई संस्थाले एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।

यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो ।  नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।

यी २ अन्स्था १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved