राष्ट्र उत्थानलाई आशा लघुवित्तमा गाभिन राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 10:20:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । 

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । यस संगै अब एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । समान हैसियत अर्थात् १:१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानकाे केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।  प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र उत्थानकै कार्यकारी निर्देशक जया लाेहनी कायम रहने छिन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved