श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तको मर्जर तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 09:51:45 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तको मर्जर तोडिएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको हालको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै डिमर्जको प्रक्रिया अगाडी बढाईएको पत्र राष्ट्र बैंकमा पठाएको छ ।

यी दुई संस्थाबीच  २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। २०८० पौष ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भई २०८० माघ ७ गते राष्ट्र बैंक बैंकमा  मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गर्न निवेदन दिएका थिए ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने चरणमा नै रहेको अवस्थामा मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको  वित्तीय संस्थाको  सन्तोषजनक नदेखिएको र यथास्थितिमा मर्जरको प्रक्रिया अगाडी बढाउने अवस्था नदेखिएको भन्दै डिमर्ज (Demerge) गर्ने प्रकृया अगाडी बढाउने निर्णय गरेको हो। 

यी दुई सस्थाबीच ७३:१०० को अनुपातमा मर्जरको लागि स्वाप तय भएको थियो । डिडिए रिपोर्टको आधारमा तय भएको शेयर आदान प्रदान अनुपात ७३: १०० अर्थात मानुषी लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. क्रमश ७३ र १०० पारित भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved