सिवाईसी लघुवित्तको संचालक समितिमा भाँडभैलो, हर्ताकर्ता शर्माले पनि दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 02:49:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा भाँडभैलोको अवस्था उत्पन्न भएको छ। वार्षिक साधारणसभाबाट निर्वाचित भएकाहरु पनि सपथ खान नपाउदै बाहिरिनु परेको घटना सेलाउन नपाउंदै संस्थाका हर्ताकर्ता संचालक डोलेन्द्र शर्माले पनि संचालकबाट राजीनामा दिएपछि परिस्थिति झनै तरल बन्न पुगेको हो। 

हालै सम्पन्न वार्षिक साधारणसभाबाट संचालक समितिबाट निर्वाचित भएकी एक महिला सपथ पनि लिन नपाउदै उनको ठाउँमा अर्को एक महिला ल्याइएको थियो। भारतमा रहेकी महिलालाई निर्वाचित गराउन सफल भएपनि सपथ नखुवाई उनलाई संचालक समितिबाट बिदा गरेर उनको ठाउँमा फेरि अर्को महिला ल्याइएको हो। 

लगत्तै लघुवित्तमा यस अगाडी प्रबन्ध निर्देशक भएर कार्यभार सम्हालेका डोलेन्द्र शर्मा वार्षिक साधारणसभामा उत्पन्न परिस्थितिपछि संचालक समिति सदस्यमा मात्रै सिमित रहन पुगेका थिए। प्रबन्ध निर्देशक नराख्ने शर्तमा मात्रै एजिएम गर्न दिने राष्ट्र बैंकको सर्त भएपछि शर्मा संचालक समिति सदस्यमा मात्रै सिमित हुँन पुगे। 

संचालक समिति सदस्य रहँदै नेपाल आयल निगम लगायत तीन तीन ठाउँमा सरकारी नियुक्तिको लागि आवेदन दिएपनि नियुक्ति नपाएपछि शर्माले अहिले आएर संचालक समिति सदस्यबाट पनि राजीनामा दिएका हुन् ।  शर्माले दिएको राजीनामा माघ २४ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

शर्माले प्रमुख कार्यकारी अधिकृत हुन नपाउने अवस्था बनेपछि सिवाईसीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको थियो। तर म्याद थप गरेर तीन तीन पटक आवेदन खुलाउँदा पनि उपयुक्त आवेदन नपरेको भन्दै सीइओ नियुक्त गर्न सकेको छैन। यद्दपि सीईओको आवेदन खुलाएर पनि सीइओ नपाएको दाबि गरेको सिवाईसीले सिनियर डेपुटी सीइओको लागि आवेदन माग गरेको छ। यसलाई संस्थाभित्र केहि व्यक्तिलाई व्यवस्थापन गर्ने रणनीतिको रुपमा लिईएको छ। 

पछिल्लो समय सिवाईसी लघुवित्त एउटा व्यक्ति केन्द्रित बन्दा संस्थाको सुशासनमा ठूलो धक्का लागेको छ। संचालकबाट सिधै प्रमुख कार्यकारी अधिकृत बन्दा कुलिङ्ग पिरियड लाग्ने भएकाले सिनियर डेपुटी सीइओको ढोकाबाट प्रवेश गराउनलाई अहिलेको प्रपन्च रचिएको स्रोतको दाबि छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved