मङ्सिर १४ बाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 06:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिरको दोस्रो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ  । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि १८ गते सम्म काठमाडौमा हुने भएको हो । 

महासंघका अनुसार काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा अब केही स्टल मात्र बुकिङका लागि बाँकि रहेका छन् । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र  सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा Made in Nepal  तथा बस्तुगत संघहरुको Commodity Pavilion    रहने छ ।

नेपाल सरकार÷ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा  व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा Made in Nepal Show  हस्तकला उत्पादनहरु, लघुघरेलुतथा साना उद्योग रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत मेला सहयोगी हुने विश्वास महासंघको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved