अन्तराष्ट्रिय व्यापार मेलाको तयारी पुरा, चिनियाँको ५५ र भारतीयको ३० स्टल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 02:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair - NITF) मङ्सिर १४ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।   मङ्सिर १४ देखि १८ गतेसम्म सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मेला हुने महासंघले जनाएको छ।

महासंघका अनुसार उक्त मेलाका लागि अधिकाशं स्टल बुकिङ भैसकेकाछन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा Made in Nepal पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ । मेलामा चीनवाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहने छन् । २१० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने महासंघले जनाएको छ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ। 

महासंघका अनुसार मेलाको अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं Business Matchmaking कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडिबुटी, औधषी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ ।

मेलामा आईएमई पे प्रमुख प्रायोजक रहने छ भने इन्सोरेनस पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्सोरेन्स कम्पनी प्रा. लि. रहने महांसघले जनाएको छ । महासंघका अनुसार सह प्रायोजक Heritage Flooring Carpet Industry,र  आईएमएस ग्रुप रहने छ । मेलामा इन्टरनेट पाटनरको रुपमा मर्केन्टाइल कम्युनिकेशन प्रा. लि. रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved