प्रदर्शनी स्थल निर्माणको कामलाई तत्काल अगाडी बढाउने सरकारी प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 10:06:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिबारदेखि शूरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताएका हुन् । 

अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् । निजी क्षेत्रले करिव तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ । 

उच्चस्तरीय प्रदर्शनी स्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्ट रुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघको जोड छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे पश्चात प्रमुख अतिथि सभामुखले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । 

मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ । 

'मेला आयोजना स्थलको अभाव केन्द्र देखि प्रदेशसम्मै महशुुस गरिएको छ । म जहा गएपनि मेला स्थलको अभाव भएको कुरा निजी क्षेत्रले राख्दै आउनुु भएको छ । उच्चस्तरीय प्रदर्शनी स्थल मुलकका लागि आवश्यक छ यसका लागि म सरकारमा तत्काल पहल गर्छु तपाईहरुलाई सहयोग गर्छु', सभामुख घिमिरेले सो अवसरमा भने।

सुस्ताएको अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन यो मेला सहयोगी हुने मैले ठानेको छुु सभामुख घिमिले भने ‐'मेलामा विभिन्न देशबाट भएको सहभागिताबाट व्यवासयिक साझेदारी, लगानी तथा काम गर्ने तौरतरिका समेत आदान प्रदानमा सहयोग पुुग्ने अपेक्षा मैले गरेको छुु । ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved