सुचिकृत डेढ सय बढी कम्पनीलाई कानुनि पाठ सिकाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) आफैले भने कानुनी व्यवस्थाको धज्जी उडाएको छ। सुचिकृत कम्पनीहरुले प्रवाह गर्ने सूचनामा सामान्य गल्ति हुँदा समेत कारबाही गर्न अग्रसर देखिने नेप्सेले भने कम्पनीको ऐनमा उल्लेख व्यवस्थालाई ठाडै चुनौती दिएको छ।
कम्पनी ऐन अनुसार कुनै पनि कम्पनीले साधारणसभा र लाभांश घोषणा गर्नु २१ दिन अघि नै सार्वजनिक सूचना जारी गर्नु पर्छ। तर नेप्सेले भने साधारणसभा बारे सूचना जारि गरेको भएपनि उक्त सूचनामा के कति लाभांश दिने हो त्यसबारे केहि उल्लेख छैन।
२१ दिन अघि नै सार्वजनिक सूचना जारि गर्नुपर्ने प्राबधान अनुसार नेप्सेले पुष ८ गतेको गोरखापत्रमा साधारणसभा बस्ने बारेको सूचना सार्वजनिक गरेको छ। उक्त सूचनामा पुष २९ गते बस्ने बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिने, गत आर्थिक बर्षको लेखापरीक्षकको प्रतिवेदन सहित बासलात उपर छलफल गरि पारित गर्ने र पुंजीको आधारमा नगद लाभांश पारित गर्ने बिषय उल्लेख छन। तर कति प्रतिशत लाभांश पारित गर्ने हो त्यसबारे केहि उल्लेख छैन।
कम्पनी ऐन अनुसार २१ दिन अघि नै सार्वजनिक सूचना जारि गरि कति लाभांश दिने हो सो बारे लगानीकर्तालाई जानकारी दिनुपर्ने बारे नेप्सेमा महाप्रबन्धक चन्द्र सिंह साउद भन्छन, 'नेप्से संचालक समितिमा सबै शेयरधनीको प्रतिनिधित्व रहेको र संञ्चालक समितिलाई लाभांशको निर्णय थाहा भैसकेकोले पनि लाभांशको दर सार्वजनिक नगरिएको हो'
नेप्सेमा सर्वसाधारणको शेयर नरहेपनि नेप्सेमा सर्वसाधारणको शेयर रहेको डेढ सय कम्पनी सुचिकृत छन। सुचिकृत कम्पनीलाई सिकाउनैका लागि पनि उदाहरणीय काम गर्नुपर्ने नेप्सेले भने आफैंले कम्पनीको ऐनलाई 'हल्का' बनाइदिएको छ। नेप्सेको कमाईमा सर्वसाधारणको चाँसो कम होला तर नेप्सेले गर्ने हरेक कार्यमा लाखौँ सर्वसाधारणको चाँसो हुने गर्छ। नेप्सेले २१ दिन अघि नै सार्वजनिक सूचना जारि गर्नुपर्ने प्राबधानलाई पालना नगर्दा भोलिका दिनमा अन्य कम्पनीबाट यस्तो हुँदा कसरी कारबाहीको निर्देशन गर्छ, त्यो हेर्न बाँकी नै छ।
साउदका अनुसार नेप्सेले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत नगद लाभांश दिने भएको छ। 'पुष ७ गते बसेको नेप्सेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो' साउदले बिजपाटिलाई भने।
नेप्सेले गत आर्थिक बर्ष ३७ करोड २० लाख रुपैयाँ खुद मुनाफा गरेको छ। आम्दानीको मुख्य स्रोत कमिशन रहेको नेप्सेको कमाई अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोडले ओरालो लागेको छ। अघिल्लो आर्थिक बर्ष नेप्सेले ४७ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
नियमन निकाय नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर खरिद बिक्रीमा लाग्ने कमिसन घटाएका कारण नेप्सेको आम्दानी घटेको हो। नेप्सेले कमिशन शिर्षकमा कम आम्दानी गरेपनि अन्य शिर्षकमा कमाई बढेको छ। तर खर्च घट्दा आम्दानि बढ्न नसकेकाले खुद मुनाफा घटेको नेप्सेले जनाएको छ।
नेप्सेको चुक्ता पुंजी ३० करोड रहेको छ। नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र सदस्य दलाल ०.६२ प्रतिशत शेयर रहेको छ। जस अनुसार सबै भन्दा बढी नेपाल सरकारले ५० प्रतिशतले हुन आउने ८ करोड ७९ लाख ९० हजार नगद लाभांश प्राप्त गर्नेछ भने सबै भन्दा कम ब्रोकर संघले ९ लाख ३० हजार प्राप्त गर्नेछ।
हेर्नुस, नेप्सेले पुष ८ मा गोरखापत्रमा सार्वजनिक गरेको बार्षिक साधारणसभा बस्ने बारे जारि गरेको सार्वजनिक सूचना