मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको सेयर कारोबार खुला भएको हो ? यस्तो छ वास्तविकता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 10:07:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारको कारोबारमा मेगा बैंकको सेयर कारोबार खुला भन्ने सूचनाले लगानीकर्तामा टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्तीको प्रक्रियामा रहेको मेगा बैंकको सेयर कारोबार खुला भएको भ्रम पर्न गएको छ। 

'नेपाल राष्ट्र बैंकको अनुमति लिएर मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरुमा प्रमोटर सेयरको कारोबार भईनै रहन्छ, मेगा बैंकको पनि एउटा प्रमोटर सेयर कारोबार भएको हो, नियमित कारोबार भएको होइन' नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। 

 नेपाल राष्ट्र बैंकको अनुमति लिएर मेगा बैंकको प्रमोटर सेयर कारोबार भएको नेप्सेले जनाएको छ। अदालती प्रक्रिया, घरायसी या आपसी हिसाब मिलान लगायतका कारणले राष्ट्र बैंकको अनुमति लिएर मर्जर तथा प्राप्तिमा रहेका कम्पनीहरुको सेयर कारोबार हुनेगर्छ। तर लगानीकर्तालाई सहज होस भएर नेप्सेको वेबसाइट मार्फत जारि गरिएको सूचनाले लगानीकर्तामा झनै अन्यौल देखिन पुगेको नेप्सेको भनाई छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved