अब शेयर ब्रोकरको भुक्तानी अनलाइन मार्फत, १२ ब्रोकर प्रणालीमा आवद्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 08:57:24 PM मा प्रकाशित

laxmi sunrise bank

सेयर ब्रोकरको भुक्तानी अनलाइन प्रणाली मार्फत हुने भएको छ। अबदेखि लगानीकर्ताले सेयर खरिद गरे बापत ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आइपिएसमा गएर आवश्यक विवरण भरि आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा सजिलै रकमानन्तर गर्न सक्नेछन। 

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस ईपेमेन्ट प्रणालीमा तत्काललाई १२ वटा ब्रोकरहरु आबद्ध भएकाले ति ब्रोकर मार्फत कारोबार गर्नेहरुले मात्र यो सेवा पाउनेछन। यस प्रणालीमा १२ ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भएका छन भने अन्य ब्रोकरहरु पनि प्रणालीमा आवद्ध हुने क्रममा रहेको जनाइएको छ।       

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट प्रवर्दित नेपाल नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस् ईपेमेन्ट प्रणालीमा हाल सम्म ४४ बैंक वित्तीय संस्थाले सम्झौता गरी सकेकामा ३४ वटा बाट यो सेवा उपलब्ध भइरहेको छ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved