साताको अन्तिम दिन आज बिहिबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.३१ अंकले घटेर १९९८.९६ को बिन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३०८ कम्पनीका ९४ लाख ९८ हजार २ सय ९८ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ २३ पैसाको कारोबार भएको छ । जस मध्ये आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक २८ करोड ७७ लाख, पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, र साधारण लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै विजय लघुवित्तको शेयर मूल्य ९.७१ प्रतिशत तथा आरएसडिसी लघुवित्तको शेयर मूल्य ८.७१ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशत घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.१० प्रतिशतले घटेको छ । त्यस्तै सिन्धु विकास बैंकको शेयर मूल्य ४.७४ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.१४ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये लघुवित्त र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज लघुवित्त समुह सर्वाधिक ३.४५ प्रतिशत बढेको छ । आज कारोबारमा आएका ५१ मध्ये ४९ लघुवित्तको शेयर मूल्य बढेको छ । आज विकास बैंक समुह सर्वाधिक २.०४ प्रतिसत घटेको छ ।