बोर्डबिरुद्द खनिएका ब्रोकरले कठोर संघर्षका कार्यक्रम गर्ने, साथ दिन लगानीकर्तालाई अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 04:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीसँग रुष्ट बनेका ब्रोकरहरुले संघर्षका कार्यक्रमहरु गर्ने भएका छन् । ब्रोकर संघको आइतबार बसेको बैठकले प्रचारात्मक, दबावमुलक र  कठोर संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले धितोपत्र बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि गरिनु पर्ने कामहरु बिवरण मागपत्रका रुपमा बोर्ड समक्ष प्रस्तुत गर्ने  र माग पुरा गराउन आन्दोलन गर्ने भएको हो । 

 धितोपत्र दलाल व्यवसायीहरुको  सुशासन तथा क्षमता प्रतिको टिप्पणी र प्रतिशप्रर्धि बन्न नसकेको भन्दै  कार्कीले लगाएको लान्छाना प्रति संघले दुःख ब्यक्त गरेको छ । साथै संघले बोर्ड अध्यक्ष कार्कीसंग शुक्रबार भएको बैठक बिना निष्कर्ष टुंगिएको बताएको छ  । कार्की आफै पुरानै शैलिमा प्रस्तुत हुदाँ छलफल बिना निश्कर्ष टुंगिएको संघले जनाएको छ । संघले कार्कीले स्वयमलाई महाशत्रुको उपमा दिनु पूजी बजारको लागि उतुण्डे व्यवहारको एक नमुना भएको बताएको छ । संघले कार्कीको यस्ता आरोप कपोल कल्पित, झुटो तथा भ्रमपूर्ण भएको दाबी गरेको छ।  

 ब्रोकरहरुको बैठकले बजार विकास तथा विस्तारका लागि गर्नु पर्ने कामहरु समयमै नगरेर ब्यवसायी माथि अनावश्यक आरोपमा अध्यक्ष रमाउदा सिंगै पूँजीबजार निराश बनेको निश्कर्ष निकालेको छ । उनको यस्तो कार्यशैलीले आम लगानीकर्ता तथा व्यवसायीहरु बिश्वस्त हुन नसकेको कारण समग्र धितोपत्र बजार नै थप धरासायी हुने प्रति सजग हुनु जरुरी रहेको संघले बताएको छ ।

 साथै संघले पूँजीबजारको समग्र बिकास, विस्तार र सुदृढिकरण र स्वायत्त धितोपत्र बोर्ड निर्माणको लागि शुरु गरेको अभियानमा साथ दिन र समर्थन जनाउन समग्र लगानीकर्ता, सम्बद्ध निकायहरु लगायतलाई अनुरोध समेत गरेको छ । 

यो पनि : 

अध्यक्ष कार्की बिरुद्द खनिए सेयर ब्रोकर, धितोपत्र बोर्डलाई प्रश्नैप्रश्न सहितको ज्ञापनपत्र

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved