सर्किट ब्रेकको नियम संशोधन गरेर मंगलबारदेखि शेयर कारोबार सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 04:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंगलबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार सुचारु हुने भएको छ । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरे संगै शेयर कारोबार सुचारु हुन् लागेको हो 

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले विद्यमान ब्यबस्थामा केहि परिमार्जन गरेर मंगलबारबाट शेयर कारोबार सुरु गर्ने निर्णय भएको बताए । उनले अर्को निर्णय नभएसम्म बिहान ११ बजेदेखि १ बजे गरी कुल २ घण्टा कारोबार गर्ने र सर्किट ब्रेकलाई २ प्रतिशत कायम गरेर कारोबार गरिने उनले बताए । जस अनुसार बजारमा २ प्रतिशत घटबढ भए त्यस दिनको लागि कारोबार बन्द हुने छ । 

प्रबक्ता पराजुलीले बजार खुलाउने बारे बिस्तृत जानकारी सहित नेप्सेले नोटिस जारि हुने बताएका छन् । शेयर कारोबार मंगलबारबाट सुरु हुने भएपनि नेप्सेको कार्यालय भने आइतबार बाट नै खुल्ने भएको छ । 

यस्तै बजारको सर्किट ब्रेकलाई २ प्रतिशत कायम गरेसंगै कम्पनीको मूल्यमा लाग्ने गरेको १० प्रतिशत सर्किट ब्रेकको नियम पनि केहि परिवर्तन हुन् सक्ने बताईएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved