बढ्दो बजारमा लगानी गर्न धितोपत्र बोर्डले दियो आधा दर्जन टिप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 05:40:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरेको छ । बोर्डले पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको र यो समग्र पूँजी बजारका लागि खुसीको कुरा भन्दै बोर्डले सजग भई लगानी गर्न आग्रह गरेको हो ।

बोर्डले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक  लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।  

बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र,राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई  दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न आग्रह गरेको हो ।

बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ ।   बोर्डले धितोपत्रको दोस्रो बजारको  स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको पनि प्रष्ट पारेको छ । 

बोर्डले बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको जनाएको  छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved