एचआईडिसीएलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 08:53:04 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बुधबार बिहान ११ बजे भर्चुअल माध्यमबाट संचालन हुने गरि सभा आह्वान गरेको हो 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने, तथा सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च भएको ५० लाख रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved