शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 08:52:02 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।  

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काश न गर्ने प्रस्ताव पनि गरेको हो ।लाभांश पारित गर्न र हकप्रद निष्काशन प्रस्ताव पारित गर्न कम्पनीले चैत्र ९ गते सोमबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १५ औ र १६ औ सभा आह्वान गरेको हो । त्यस्तै सभामा कम्पनीको अधिकृत पुँजी ४ अर्ब पुर्याउने, संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले सभामा २ जना संचालकको निर्वाचन पनि गर्ने छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved