
सिडिएस एण्ड क्लियरिङ्गले बैशाख १२ गते आइतबारबाट शेयरको घरायसी तथा मृत्यु नामसारी कार्य स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई देखाउदै क्लियरिङ्गले अनिश्चतकालका लागि घरायसी तथा मृत्यु नामसारी कार्य स्थगित गरेको हो ।
सरकारको निर्देशनको पालना गर्दै उक्त कार्याहरु अर्काे सूचना नआएसम्मकालागि स्थगित गरीएको कम्पनीले जनाएको छ । घरायसी तथा मृत्यु नामसारी गर्दा भिडभाड हुने र सो कार्य अत्यावश्यक अन्तर्गत नपरेकाले हाललाई स्थगित गरिएको कम्पनीले जनाएको छ ।
घरायसी नामसारीको हकमा दुवै पक्ष र मृत्यु नामसारीको हकमा हकवालाहरु स्वयं उपस्थित हुनु पर्ने र स्वयं उपस्थित हुँदा भिडभाड बढेर कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले अर्को सूचना जारी नभएसम्मको लागि यी कार्य स्थगित गरिएको सिडीएसले जनाएको छ ।